दमक/  प्रदेश १ सहित देशभरका विभिन्न स्थानमा आज भारी बर्षाको सम्भावना रहेको भन्दै मौसमविदहरुले आवश्यक सतर्कता अपनाउन सुझाएका छन् । आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र प्रदेश ५ का केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।
अरु ठाउँमा पनि सामान्यदेखि मध्यम वर्षा हुने मौसमविदको भनाई छ । भारी वर्षा हुने ठाउँका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो । मनसुनी वायुको प्रभाव रहेकाले आज दिनभर नै पानी पर्ने मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, प्रदेश ५, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तै आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा समान्य बदली हुनेछ भने बाँकी प्रदेशमा पूर्ण बदली हने मौसमविदले बताएका छन् । यस्तै प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही ठाउँमा र प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Facebook Comments Box