नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३८० जनामा संक्रमण देखिएको हो । आज थपिएका ३८० सहित नेपालमा संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए ।
कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भईसकेको छ ।

Facebook Comments Box