दमक/नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । आज थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएसंगै संक्रमितको संख्या ५ हजार ६२ पुगेको हो ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज नियमित व्रिफिङमा सार्वजनिक गरेका हुन् । संक्रमितमध्ये ४ हजार ७ सय ९ जना पुरुष र ३ सय ५३ जना महिला छन्।् । नेपालमा हालसम्म ८७७ जना उपचारपछि निको भएका छन्। । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ ।
कोरोना संक्रमितको संख्या ५ हजार बढी, एकैदिन ४४८ थपिए, महिलामा संक्रमण कम
Nishkarsha News
२०७७ जेष्ठ ३०, शुक्रबार १६:४२