झापाको गौरीगन्जमा अर्को एक किशोरी बलात्कारको घटना सार्वजनिक भएको छ । वार्ड नम्बर १ कुन्जीबारीबाट १४ बर्सिया बालिकामाथी जबर्जस्ती करणी गर्ने ४५ बर्षका श्रीप्रसाद झा बिरुद्ध कार्वाही प्रक्रिया अघि बढिरहेको सार्वजनिक भएपछि वार्ड नम्बर ३ तेलकानीबाट पनि उस्तै प्रकृतिको बलात्कारको घट्नाका आरोपी आज पक्राउ परेका छ्न । पक्राउ पर्नेमा स्थानीय ६० बर्सिय गोबिन्द दाहाल रहेका छ्न ।
दाहालले १७ बर्सिया एक किशोरीमाथी अभिभावक घरमा नभएको समयमा बलात्कार गरि गर्भवती बनाएको र घट्नाबारेमा कतै सार्वजनिक गरे ज्यान मार्ने सम्मको धम्की दिएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय गौरीगन्जमा किटानी जाहेरी दिएकि प्रहरीले जनाएको छ ।
पिडकको धम्कीकै कारण गत मंसिरदेखि सो घटना गुपचुप रहेकोमा पछिल्लो समय पीडित किशोरीले अभिभावकलाई घट्नाबारेमा जानकारी गराएपछि कानुनी कार्वाहीको माग गर्दै किटानी उजुरी परेको बताइएको छ ।