काठमाडौं । नेपालका विभिन्न ३८ वटा जिल्लामा कोरोना संक्रमण फैलिएको अस्पतालले जनाएको छ । बुधबार थप २५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ७ जना महिला र १८ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २५ जना कोरोना संक्रमित थपिएको बताए । उनले भने “कोरोना संक्रमण देखिनेमा ३ वर्षदेखि ४८ वर्ष उमेरका रहेका छन् ।” संक्रमित कपिलवस्तु १३, बाँके ६, धनकुटा ५ र नवलपरासीमा १ जनामा देखिएको उनले जानकारी दिए ।
कोरोना संक्रमितको संख्या पुरुष ३५८ जना र ६९ जना महिला गरेर ४२७ जना पुगेको छ ।