दमक/प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । झापाको केचनाकबलका थप ९ जनामा मंगलबार कोरोना संक्रमण पोजेटिभ देखिएसंगै प्रदेश एकमा संक्रमित संख्या ५४ पुगेको हो ।
मुम्बईबाट आएका झापा कचनकबलका एक युवामा सोमबार कोरोना संक्रमणको पुष्टि भएको थियो । उनको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना देखिएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसअघि मंगलबार नै सुनसरीको दुई जनमा कोरोना संक्रमण पुष्टि भएको छ । धरान स्थित विपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा गरिएको परीक्षणमा इटहरीका १८ वर्षीय युवा र पश्चिम कुशाहमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना देखिएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ३८६ पुगको छ ति मध्ये २ जनाको मृत्यु भएको छ भने ३७ जना उपचारपछि निको भएका छन् ।