झापामा बैङ्क तथा वित्तीय संस्था तीन घण्टा खोल्ने निर्णय

Author Nishkarsha News
२०७७ बैशाख ३१, बुधबार १२:४५

झापा । लकडाउनमा झापा जिल्लामा बैङ्क तथा वित्तीय संस्था सञ्चालनका लागि समय निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले मङ्गलवार बसेको कोभिड १९ कोरोना भाइरसको सङ्कट व्यवस्थापन समितिको निर्णय बमोजिम मङ्गलवारदेखि नै जिल्लामा बिहान १० देखि १ बजेसम्म बैङ्क तथा वित्तीय संस्था सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि दुई घण्टा अर्थात विहान १० देखि दिउँसो १२ बजेसम्म समय निर्धारण गरिएको थियो । प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत रेवन्त भट्टराईको हस्ताक्षर गरिएको सो निर्णय यस्तो छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्