दमक,२८ बैशाख । झापाको कमल गाँउपालिका वडा नम्बर ७ मेमेङ टोलस्थित फाल्गुनन्द आमा समूहको नयाँ नेतृत्व चयन भएको छ । शुक्रवार सम्पन्न समूहको पहिलो साधारणसभाले समिता लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा नन्दाकुमारी केरुङ,सचिवमा विना लावती,सह–सचिवमा कुमारी केरुङ,कोषाध्यक्षमा ललिता मावो र सह–कोषाध्यक्षमा गौरी लिम्बु लगायत चुनिएकी छन् । यस्तै,समूहको निर्वतनमान अध्यक्ष दिलकुमारी लावतीको संयोजकत्वमा एक सल्लाहकार समिति समेत चयन गरिएको जनाईएको छ । निर्वाचित समितिलाई गीतकार समेत रहेकी समूहका अगुवा शान्ता केरुङ लगायतले अविर लगाईदिदै सफल कार्यकालको बधाई तथा शुभकामना दिएकी थिईन् ।

चार वर्ष अघि स्थापित सो समूहमा ४२ जना महिलाहरु आवद्ध छन् । महिलाहरुको अधिकार लगायतका क्षेत्रमा काम गरिआएको सो समूहले आयआर्र्जन बृद्धि गर्न सदस्यहरुवीच बचत तथा ऋण प्रवाह समेत गरिआएको सहकोषाध्यक्ष गौरी लिम्बुले वताईन् । मासिक एक सय रुपैया बचत गरिआएको र त्यसबाट हालसम्म रु ३ लाख ५० हजार वढी पूंजी निर्माण गरिसकेका छन् ।

Facebook Comments Box