दमक । कमल ५ को वार्ड कार्यलय भवन निर्माणका लागि वडाले सुरु गरेको प्रक्रियानै बिबादित बन्न पुगेको छ । वडाले भवनका लागि आवश्यक पर्ने पर्याप्त जग्गाको बन्दोबस्ती नै नगरी भवन निर्माणको प्रक्रिया सुरु भएको फेसबुक मार्फत बाहिर आएपछी स्थानीय स्तरमा सो बिसयलाइ लिएर बिबाद सिर्जना भएको हो । वार्ड्ले सर्वदलीय बैठक मार्फत निर्माण समिति बनाएको भन्ने ब्यहोराको जानकारी वार्ड अध्यक्ष डम्बर निरौलाले गराए लगत्तै नेपाली कांग्रेस का स्थानीय नेता कार्यकर्ताहरुले संजाल मार्फत नै सो सम्बन्धिको बैठक , छलफल आदीमा पार्टीलाई आधिकारिक रूपमा सहभागिता नगराइ सर्वदलीय भनेर प्रचार गर्न खोजिएको भन्दै आपत्ति जनाएका छ्न ।
नेपाली कांग्रेसका क्षेत्रीय सचिब समेत रहेका स्थानीय धर्मानन्द भट्टराइले सो समिति गठनको बिसयमा पार्टीसग कुनै समन्वय र छलफल , बैठक आदि केही नभएकाले सो निर्णयलाई सर्वदलीय भन्न नमिल्ने तर्क गर्नु भयो । वार्ड कार्यलय कुनै पार्टीको कार्यालय जस्तो सम्झेर एकलौटी रूपमा बनाउने प्रक्रियामा आफुहरुको असहमति रहने वहाँले बताउनु भयो ।
वार्ड अध्यक्ष निरौलाले सर्वदलीय भनी गरेको निर्णयको माइन्युटमा क्ष्यण भरमै सर्वदलीय लेखेको शब्दमाथि केरमेट गरेर फेसबुक मार्फत सार्वजनिक गर्नु भएको छ ।
