काभ्रे। कोरोनाको त्रासका बिच समाजमा विभिन्न किसिमका अपराधका घट्ना हुने क्रम भने उस्तै छ । लक डाउनका समयमा प्रहरीको ध्यान एकातर्फ मात्रै हुने अनुमान लगाएर अपराधको मौका छोप्ने समुहलाइ प्रहरीले पनि उसैगरि चलाख्याइ अपनाएर पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौड्यालका अनुसार प्रहरीले लकडाउन कार्यान्वयनसँगै अपराध नियन्त्रणमा विशेष निगरानी बढाएको छ । चालु लकडाउनको अवधीमा प्रहरीले जर्बजस्ति करणी अभियोगमा फरार रहेका तीन ब्यक्तिलाई पक्राउ गरेको छ भने दुई थान भरुवा बन्दुक नियन्त्रणमा लिएको छ । साथै चोरी अभियोगमा केहि ब्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख एसपी पौड्यालले जानकारी दिनु भयो ।
२०७६ असोज १३ गते जिल्ला सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका २ स्थायी घर भई हाल काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नम्वर ६ हस्पिटल चोक बस्ने १६ बर्षिया बालिकालाई जर्बजस्ति करणी गर्ने युवाहरु पक्राउ परेका छन् । प्रहरी प्रमुख एसपी पौड्यालले अपराध नियन्त्रणका लागि प्रहरीले सबै तिर ध्यान दिई अनुसन्धान कार्यलाई तिब्र बनाईरहेको बताउनु भयो । ‘हाम्रो ध्यान लकडाउनमा मात्रै केन्द्रित छैन, समाजमा हुने हरेक खाले अपराध न्यूनिकरणमा केन्द्रित भएको छ’–उहाँले भन्नुभयो–‘त्यहि कारण ८ महिना पछि बलात्कारमा संलग्न युवाहरु पक्राउ परेका छन् ।’
बालिकालाई प्रलोभन देखाई बा.५.च ३८४९ नम्वरको बलेरोमा राखी धुलिखेलबाट बनेपा नगरपालिका स्थित काभ्रे क्याम्पस भन्दा माथी जंगलमा लगि गाडी भित्र नै जबरजस्ती करणी गरेका थिए । मण्डनदेउपुर नगरपालिका वडा नम्वर ८ कुन्ताबेशी स्थायी घर भई हाल बनेपा नगरपालिका वडा १० थापागाउँ बस्ने १९ बर्षिय सविन गौतम, सिन्धुपाल्चोक जिल्ला साबिक महांकाल गाविस ९ हाल हेलम्बु गाउँपालिका वडा नम्वर ४ शेरा स्थायी घर भई हाल बनेपा नगरपालिका वडा नम्वर १० डेरा गरी बस्ने १९ बर्षिय सविन दुलाल र पनौती नगरपालिका वडा नम्वर ५ सुन्दरबस्ती बस्ने १८ बर्षिय सन्देश थापा र उनिहरुले प्रयोग गरेको बा ५ च ३८४९ नम्वरको बोलेरो प्रहरीले बरामद गरेको छ ।
करणी पश्चात फरार रहेका युवाहरुलाई मुलुकी अपराध संहिता, २०७४“ को करणी सम्बन्धी कसूर अन्तर्गत जबरजस्ती करणी (दफा २१९) अन्र्तगत २०७६ असोज १६ गते जाहेरी दर्ता भएको थियो । काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट असोज १७ गते नै पक्राउ अनुमती लिई खोजतलास गरिरहेको प्रहरीले लुकीछिपी बसी रहेको अवस्थामा उनिहरुकै निवासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी पौड्यालले जानकारी दिनुभयो ।
घटना विवरण अनुसार बालिका धुलिखेलको एक विद्यालयमा कक्षा १० मा अध्ययन गर्दै थिईन् । सिन्धुपाल्चोक जिल्ला घर भई धुलिखेलमा जग्गा भाडामा लिएर तरकारी खेति गर्दै आएको उनको परिवारका सदस्यहरु मध्ये बाबु बैदेशिक रोजगारीको क्रममा विदेशमा छन् । असोज १३ गते साँझ धुलिखेल बजारमा साग बेच्न आउने क्रममा चिनजानका सविन गौतम गाडी लिएर आउँदै गरेको उनले देखिन् । सविन सवारी चालक हुन् । उनैले चलाएको बलेरोमा उनलाई घरमा पु¥याई गाडी भित्रै जर्बजस्ति करणी गरे । सविनले जर्बजस्ति करणी गरे लगत्तै सविन दुलाल र सन्देश थापा आए । उनिहरुले पनि जर्बजस्ति करणीको प्रयास गरे पनि बालिका चिच्चाएकाले सफल हुन सकेनन् । तर उनिहरुले घटनाका बारेमा कसैलाई केहि नभन्नु भन्दै धम्क्याए । बालिकालाई धुलिखेलमा नै ल्याएर छाडिदिए । त्यसको केहि दिन पछि असोज १६ गते मात्रै बालिकाका आफन्तहरुले प्रहरीकोमा उजुरी दिए । तर उनिहरु फरार थिए । प्रहरीले लकडाउनलाई अपराध नियन्त्रण गर्ने उदेश्यले उनिहरुलाई फलो गर्दै घरबाटै पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरिक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
खोलामा माछा, बाटोमा बन्दुक
महाभारत गाउँपालिका वडा नम्वर ७ र सिन्धुली जिल्ला मरिन गाउँपालिका वडा नम्वर १ अधेरी खोलाबाट कोखाजोर खोलामा माछा मार्न गएको एउटा समुहले बाटोमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको छ । प्रहरीले गस्ति गरिरहेको अवस्थामा स्थानीयहरु माछा मारिरहेका थिए । प्रहरी गस्ति गरिरहेको अवस्थामा स्थानीयहरुले भरुवा बन्दुक वेवारिसे अवस्थामा देखेर प्रहरीलाई खवर गरेका थिए ।
प्रहरीले लकडाउनको समयमा गाउँ बस्तिहरुमा भईरहेका गतिविधिहरुको निगरानी बढाएको छ । स्वास्थ्य शाखाहरुले समेत लकडाउन पूर्ण रुपमा कार्यान्वयन र नागरिकहरुको सुरक्षाका लागि ध्यान दिईरहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख एसपी रविकुमार पौड्यालले उक्त स्थानमा दुई थान भरुवा बन्दुक फेला परेको जानकारी दिदै अनुसन्धान गरिरहेको बताउनु भयो । लकडाउनका कारण खोलानाला सफा हुँदा माछाहरु फस्टाउन थालेका छन् । त्यहि मौका छोपी स्थानीयहरु खोलामा माछा मार्न गएका हुन् । प्रहरीले हतियारका बारेमा थप अनुसन्धान गरिरहेको बताएको छ ।
२८ दिनमा २८ को मृत्यु
लकडाउनको २८ औ दिनसम्म जिल्लामा २८ वटा घटना भएका छन् । २८ जनाको निधन भएको छ भने ३८ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलमा २१ वटा घटना दर्ता भएका छन् भने इलाका प्रहरी कार्यालय बनेपामा ७ वटा घटना दर्ता भएका छन् ।
लकडाउन चलिरहेका बेला झुण्डिएर र विष सेवन गर्नेहरु १५ जना छन् । लडेर एक जनाले ज्यान गुमाएका छन् भने भवितब्यमा परि एक जनाले ज्यान गुमाएका छन् । मृत्युका कारण नखुलेको तर ज्यान गुमाउनेको संख्या ४ जना छन् । सवारी दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका छन् । २८ वटा घटना मध्ये सवारी ज्यान सम्वन्धी २ वटा छन् भने अभ्रद ब्यवहारमा ३ वटा छन् । लागु औषधमा १ र चोरी सम्वन्धी २ वटा मुद्दा छन् ।
ज्यान सम्वन्धी कसुरका २३ वटा मुद्दा दर्ता भएका छन् । आत्महत्या गर्नेहरुमा महिला धेरै छन् । १८ वर्षको उमेर देखि ७५ वर्ष उमेरसम्मका ब्यक्तिहरुले आत्महत्या गरेका छन् । लकडाउन अवधीमा घर भित्र परिवारका सदस्यहरु सबै भएकै बेला आत्महत्या गर्नेहरु धेरै भए । २८ दिनको अवधीमा २३ जनाले ज्यान गुमाउनु