दमक, झापाकाे दमक नगरपालिका भित्र डिउटी समयमा फिल्डमा खटिएका प्रहरीहरूलाई युवाहरुले चिसाे पानि, बिस्कुट र चिया वितरण गर्ने अभियान सुरू गरेका छ्न । “प्रहरी हाम्रो साथी” अभियान अन्तर्गत सामुदायिक प्रहरी दमककाे साझेदारीमा दमकका स्थानीय युवाहरूले बैशाख ६ गते देखि साे अभियान सुरू गरेका हुन ।

काेराेना भाइरस राेकथाम तथा नियन्त्रणका लागि सरकारेले घाेषणा गरेकाे लकडाउनलाइ सफल बनाउन फिल्डमा खटिएका सुरक्षाकर्मीहरूकाे सम्मान स्वरूप पानी, चिया वितरण सुरू गरिएकाे स्थानीय युवा पवन विष्टले जानकारी दिनु भयो । दमक ताराबारी देखि, दमक बजार क्षेत्र र पाडाजुङगी पश्चिम क्षेत्रमा साे अभियान सञ्चालन भइरहेकाे छ ।

पूर्व प्रहरी समेत रहनु भएका सामुदायिक प्रहरी दमकका सदस्य माेहन बाेगटीकाे नेतृत्वमा पवन विष्ट, धुर्व थापा, दुर्गा तामाङ, सुमन राई, सन्देश घिमिरे, भेषराज भट्टराई लगायतका स्थानीय युवाहरू सो अभियानमा सक्रियता पुर्वक लागेका छ्न ।

सरकारले घाेषणा गरेकाे लकडाउन (बन्दाबन्दी) लाई पूर्ण रूपमा पालना गरी स्थानीय सरकार र प्रशासनलाई सहयाेेग गर्न समेत सामाजिक सञ्जालमार्फत अनुराेध गरिरहेकाे जनाएकाे छ ।

Facebook Comments Box