शिवसताक्षी/ शिवसताक्षी नगरपालिकाले आज मंगलबार शोक विदा दिएको छ

शिवसताक्षी नगरपालिका अन्तर्गत धरमपुर स्वास्थ्य चौकीमा ल्याव असिष्टेन्ट पदमा कार्यरत कर्मचारी रञ्जना खनालको सोमबार सवारी दुर्घटनामा परी मृत्यु  भएकोले नगरपालिकाले शोक विदा दिने निर्णय गरेको हो ।

मंंगलबार नगरपालिका अन्तर्गतका सबै वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा शोक विदा दिइने सहायक सुचना अधिकारी डिल्ली नेपालले जानकारी दिए ।

सोमबार बिहान कार्यालय आउने क्रममा खनाल सवार मे ७ प १६७८ नम्बरको स्कुटीलाई मे १० प ८१ नम्बरको मोटरसाइकलले धरमपुर चोकमा ठक्कर दिएको थियो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धरमपुरमा भएको दुर्घटनामा गम्भीर घाइते भएकी खनालको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यू भएको थियो । खनालको मृत्युसँगै शिवसताक्षी नगरपालिका शोकमा डुबेको छ ।

Facebook Comments Box