दमक/ झापाको दमकस्थित भुटानी सरणार्थीहरु लाई लुथरन विश्व महासंघका पुर्व कर्मचारीहरुको समूहले आज खाध्यन्न बितरन गरेका छन । बेल्डागी सिविरमा आश्रीत ४२ परिवारलाई आज प्रतिपरिवार २५ केजी चामल, एक केजी दाल, आधा लिटर खानेतेल लगायत अत्यावश्यक खानेकुरा उपलब्ध गराइएको पुर्व कर्मचारी दिनेश दाहालले जानकारी दिनु भयो ।

उहाँका अनुसार ३९ जना पुर्व कर्मचारीले लक डाउनका कारण प्रभावित बनेका अति बिपन्न र खाध्य संकट झेलिरहेका सरणार्थीलाई आज सिबिरमा राहत प्रदान गरेका हुन ।

बिस्वभर फैलिएको कोरोना संक्रमणका कारण अस्त ब्यस्त बनेको आम नागरिकहरुको जनजीवन सामान्य बनाउने चौतर्फी पहल भएपनी सरणार्थीहरुको दैनिकीमा परेको समस्या बारे अन्तरास्ट्रिय निकायको ध्यान जान नसक्दा उनिहरु कष्टकर जिवन बिताइरहेका छन ।

Facebook Comments Box