धरमपुर, ३० चैत–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा शिबसताक्षी नगर कमिटिले नगरपालिकाद्धारा स्थापना गरिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा बिपत व्यवस्थापन कोषमा रु ४ लाख ५ सय ५५ हस्तान्त्रण गरेको छ ।
आइतबार, ब्याङ्डाडास्थित नगर कार्यापालिकाको कार्यालयमा एक कार्यक्रमबीच नेकपा शिबसताक्षी नगर कमिटीले रु २ लाख १५ हजार ५ सय ५५ सहयोग रकम उपलब्ध गराएको छ । यसअघि, नगरको वडा नं १, २ र ३ (धरमपुर) सहित वडा नं ९ र १० का अत्यन्तै बिपन्न घर–परिवारहरुलाई रु १ लाख ८५ हजार बराबरको खाद्यान्य सामाग्रीहरु बितरण गरिएको अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिए ।
नगर अध्यक्ष महेन्द्र भट्टराई, सचिव धनबहादुर थेबे लिम्बू, कार्यालय सदस्य प्रेम याम्फु राई लगायत नगर कमिटिका नेताहरुको उपस्थितिमा नगर प्रमुख र उपप्रमुखलाई सहयोग रकम हस्तान्त्रण गरिएको पार्टीद्धारा सार्वजनिक प्रेस बिज्ञप्तिमा जनाइएको छ । जारी बिज्ञप्तिमा विश्व महामारीको रुपमा मानवजातीलाई चुनौती दिदै हामीसामु यतिबेला कोविड–१९ (कोरोना भाईरस) को महामारीले विश्व भरका नागरिकलाई गम्भीररुपमा प्रभावित गरिरहेको छ ।
नेपाल कोरोना भाईरसको उच्च जोखिममा अहिले पनि कायमनै छ । आज बिश्वमा १७ लाख ८० हजार भन्दाबढी मानिसहरु यसको संक्रमणबाट प्रभावित भएको अवस्था र १ लाख ८ हजार ९ मानिसले यसै संक्रमणका कारण जीवन गुमाउन पुगेका छन । मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली र बिरामीप्रति सिघ्रस्वास्थ लाभको कामना साथै मृतकका आफ्न्तजनमा हार्दिक समवेदना समेत व्यक्त गरिएको छ ।
नगर अध्यक्ष र सचिवद्धारा हस्ताक्षरित बिज्ञेप्तिमा नेपालमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन उच्च सतर्कता अप्नाउदै चैत्र ११ गतेबाट आगामी २०७७ बैशाख ३ गतेसम्म लकडाउन घोषणा गरि नागरिकहरुले घरैमा बसि सरकारले चालेको महत्वपूर्ण कदम पालना गर्न समेत आग्रह गरिएको छ ।
यस्तो अवस्थामा विपन्न परिवारलाई खानका लागि खाद्यान्न र संक्रमणका हुनबाट बचाउने सबै क्रियाकलाप हाम्रो पार्टीको तर्फबाट सानो सहयोग पुगोस् भन्दै सबै तहका पार्टी नेता, कार्यकता शुभचिन्तकहरुबाट राहतका लागि संकलन गरिएको रकम शिबसताक्षी नगरपालिकाको कोरोना विपत व्यवस्थापन कोषमा सहयोग उपलब्ध गराएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तैं, कोरोना भाइरसको संक्रमितहरुको उपचारमा लाग्नुहुने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई हार्दिक आभारसहित सम्मान व्यक्त गरेको छ । उहाँहरुलाई थप उत्तप्रेरणा प्रदान गर्ने आवश्यक उपकरणको व्यवस्था मिलाउन तिनै तहका सरकारसंग नेकपा नगर कमिटिले माग गरेको छ ।
सो बिज्ञप्तिमा दैनिक ज्यादारी गरेर जिविकोपार्जन गर्नेुहुने बिपन्न परिवारलाई तत्काल राहतको व्यवस्था गर्न स्थानीय सरकार, निजिक्षेत्र, सामाजिक अगुवा र नेकपाका नेता कार्यकर्ताहरुलाई आग्रह गरिएको छ । साथै, झन्–झन् विकराल बन्दै गएको यस रोगको संक्रमण फैलिन नदिन र कहीँ कसैमा देखापरेको अवस्थामा सुरक्षित तबरले उपचारको प्रबन्ध गर्न सरकारका प्रयासहरुलाई स्वयम्सेवी भूमिकाका साथ आ–आफ्नो ठाउँबाट सहयोग गर्न र अझ प्रभावकारी बनाउन जरुरी रहेको बिज्ञप्तिमा भनिएको छ ।