कोरोना भाइरसः संक्रमित १६ लाख नाघ्यो, मृतक ९५ हजार (सूचीसहित)

Author Nishkarsha News
२०७६ चैत्र २८, शुक्रबार ०९:४५

एजेन्सी, २८ चैत्र । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या १६ लाख नाघेको छ । मृतक संख्या ९५ हजार नाघेको छ । तीन लाखभन्दा बढी मानिस निको भई घर फर्किएका छन् ।

पछिल्लो तथ्यांक अनुसार १६ लाख ३ हजार ४ सय ३७ कोरोना भाइरसबाट संक्रमित भएका छन् । ९५ हजार ७ सय १६ जनाको मृत्यु भएको छ । ३ लाख ५६ हजार ४ सय ४० जना निको भई घर फर्किएको तथ्यांक छ ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । त्यसपछि युरोपेली देशहरु अगाडि छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमित ९ जना रहेकोमा एक जना नीको भई घर फर्किइसकेका छन् ।

देश संक्रमित
अमेरिका ४६८५६६
स्पेन १५३२२२
इटाली १४३६२६
जर्मनी ११८२३५
फ्रान्स ११७७४९
चीन ८१९०७
इरान ६६२२०
बेलायत ६५०७७
टर्की ४२२८२
बेल्जियम २४९८३
स्वीटजरल्यान्ड २४०५१
स्रोतः वोल्डोमिटर

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्