लखनपुर-झापाको कमल ५ स्थित लखनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले २ लाख ५५ हजार रुपैयाँ गाउँपालिकाको कोरोना विशेष राहत कोषमा प्रदान गरेको छ । आज वसेको समितिको बैठकले गरेको निर्णय अनुसार कोरोना प्रभावितहरुको राहत तथा रोकथामका लागि सो रकम प्रदान गरिएको अध्यक्ष उषा भन्डारीले जानकारी दिनु भयो ।

 

सो रकम बराबरको चेक कमल गाउपालिका अध्यक्ष मेनुका काफ्लेलाई हस्तान्तरण गरिएको अध्यक्ष भन्डारीले जनाउनु भयो । लक डाउनका कारण उपभोक्ताहरुलाइ परेको समस्यालाई मध्यनजर गर्दै चैत र बैशाख महिनाको खानेपानी को न्युनतम महसुलमा ५०% छुट दिने पनि निर्णय गरिएको छ ।

 

Facebook Comments Box