कोरोनाभाइरस: सङ्क्रमण भएपछि यसले मानिसको शरीरमा के गर्छ?

Author Nishkarsha News
२०७६ चैत्र २२, शनिबार ११:२०

गत डिसेम्बर महिनामा पहिलो पटक भेटिएको नयाँ कोरोनाभाइरस र यसले लगाउने रोग कोभिड-१९ अहिले विश्वव्यापी महामारी बनिसकेको छ।

कसैकसैमा यो रोगले सामान्य प्रभाव मात्रै पार्छ भने केहीमा यो रोग मृत्युको कारण बनिदिन्छ।

यो नयाँ भाइरसले कसरी शरीरमा आक्रमण गर्छ? यसका कारण किन मानिसको जान्छ?

यसको उपचार कसरी भइरहेको छ त?

सङ्क्रमणकाल
मानिसको शरीरमा प्रवेश गरिसकेपछि भाइरस फैलिन र स्थापित हुन केही समय लाग्छ। त्यसलाई इन्क्युबेशन पीरीअड अथवा सङ्क्रमणकाल भनिन्छ।

त्यो बेला भाइरसहरूले तपाईँको शरीरमा कोषभित्र पसेर तिनलाई आफ्नो नियन्त्रणमा लिने गर्छन्।

यदि नजिकै कसैले खोकिरहेको छ भने तपाईँले सास फेर्दा कोरोनाभाइरस (औपचारिक नाम Sars-CoV-2) शरीरमा पस्न सक्छ। दूषित वस्तु वा सतह छोएर आफ्नो अनुहार छुँदा पनि कोरोनाभाइरस शरीरमा छिर्न सक्छ।

त्यसले पहिला तपाईँको घाँटीभित्रका कोष, सासनली र फोक्सोलाई असर गर्न थाल्छ। बिस्तारै ती अङ्ग कोरोनाभाइरस उत्पादन गर्ने कारखानाजस्तै बन्न पुग्छन् र धेरै भाइरस उत्पादन हुन थाल्छन्। तिनले तपाईँका थप कोषलाई आक्रमण गरेर तिनमा आफ्नो अधिकार स्थापित गर्छन्।

प्रारम्भिक अवस्थामा तपाईँ बिरामी पर्नुहुन्न। केही मानिसलाई त कहिल्यै कुनै लक्षण नै देखिँदैन।

भाइरस स्थापित हुने सङ्क्रमणकालीन अवधि सरदर पाँच दिनको भएको पाइएको छ।

सामान्य रोग
अधिकांश सङ्क्रमित मानिसले यो बेहोर्नुपर्छ।

कोभिड-१९ भन्ने रोग १० मध्ये आठ जनाका लागि सामान्य रोग हो। उनीहरूलाई रुघा लाग्ने र ज्वरो आउने गर्छ।

शरीरका अङ्ग दुख्ने, घाँटी दुख्ने र टाउको दुख्ने समस्या हुन सक्छन्। तर ती लक्षण देखिन्छन् नै भन्ने छैन। बिबिसी बाट

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्