दमक,२१ चैत । कोभिड १९ को संक्रमण हुन नदिन सरकारले गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने परिवार प्रभावित भएको भन्दै अमेरिकामा बस्दैआएका झापा,कमल ६ का एक दम्पत्तीले रु १ लाख बढी रकम सहयोग गरेका छन् ।
विश्वभरि फैलिएको कोरोना भाईरस (कोभिड १९ )को संक्रमणले महामारीका रुप लिदैगएको र त्यसलाई नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनले अति विपन्न परिवार मारमा परेको भन्दै मंगलवारे घर भई हाल अमेरिकामा बस्दैआएका विवेक मिश्र र अजिता मिश्रले स्थानीय सगुन युवा क्लव र मंगलमय टोल विकास संस्थालाई रु १ लाख १८ हजार ६ सय ७७ रुपैया दिएका हुन् ।
दाता परिवारले पठाएको सो सहयोग रकम स्थानीय जयकुमार गुरागाईले क्लवसहित टोल विकास संस्थाका प्रतिनिधिको उपस्थितिमा हस्तान्तरण गरे ।
आफना गाँउ,ठाँउका परिवारलाई विपत्तीको समयमा सहयोग पुरयाँउन ती दुवै संस्थाको समन्वयमा ती रकम उपलव्ध गराएको र लक्षित वर्गलाई वितरण गरिने क्लवका अध्यक्ष देवेन्द्र राज आङ्गदेम्बेले बताए । उनले दाता परिवारको आग्रह बमोजिम ज्याला मजदुरी गरेर जिवीकोपार्जन गर्ने अति विपन्न परिवारलाई खाद्यान्न खरिद गरि वितरण गरिने छ ।
मजदुरी गरेर छाक टार्नेहरुको परिवारको विवरण संकलन गरी त्यस्ता वर्गलाई दैनिक उपभोग्य हुने चामल, दाल, तेल र नुन खरिद गरी राहत बितरण गरिने टोल विकास संस्थाका अध्यक्ष गोबिन्द तिवारीले वताएका छन् ।
अमेरिकामा बस्दैआएका सामाजिक युवा व्यक्तित्व मिश्रले यसअघि समेत विभिन्न विपत्तीसंगै स्थानीय क्षेत्रका विभिन्न सामाजिक कार्यमा समेत यथासक्य सहयोग उपलव्ध गराउदैआएका छन् ।