दमक उध्योग बाणिज्य संघले दमक नगरपालिकाले सन्चालन गरेको कोरोना भाइरस संक्रमण,रोकथाम तथा नियन्त्रण अभियानमा एक लाख ११ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । आज संघ का अध्यक्ष गोकुल श्रेष्ठ , पुर्व अध्यक्ष प्रकाश प्रसाईं सहित संघका नेता हरुको एक टोलिले नगर प्रमुख रोमनाथ ओलीलाइ सो रकम हस्तान्तरण गरेको हो ।

 

नगरपालिका को सो अभियान अन्तरगत, बिपत ब्यबस्थापन कोष मार्फत कोरोना प्रभावित निम्न वर्गीय परिवारलाई राहत स्वरुप उपलब्ध गराउन सो रकम प्रदान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । सो अवसरमा नगर प्रमुख ओली , उप प्रमुख गीता अधिकारी ले संघको सहयोग प्रती धन्यवाद व्यक्त गर्नु भएको थियो ।

Facebook Comments Box