यतिबेला विस्वमा फैलिएको कोरोना संक्रमणबाट जोगिन बिश्वले आव्हान गरिरहेको छ । नेपालमा यशको महामारीबाट जोगिन भैरहेका प्रयास हरुका बिषयमा पनि विभिन्न पक्ष बाट विभिन्न कुराहरु आइरहेका छन । खास गरि यतिबेला स्थानीय सरकारका प्रयासलाई निकै महत्त्वसाथ हेरिइरहेको छ समाजले । दमक नगरबाशी र यश क्षेत्रका आम नागरिकहरुले चासोका साथ हेरिरहेका छन् । यसै सन्दर्भमा प्रस्तुत छ दमक नगरपालिकाकी उप प्रमुख तथा प्रबक्ता गीता पौडेल अधिकारी संग निश्कर्श न्युजका लागि गरिएको कुराकानीको निश्कर्श ।
१. कोरोनाको सम्भाबित जोखिमबाट जोगाउन दमक नगरपालिका के गरि रहेको छ ?
पहिलो कुरा त यो बिश्वलाई नै प्रताडित बनाइरहेको समस्या हो कोरोनाको संक्रमण । यो हामी सबैले बुझ्नु पर्ने कुरा हो भन्ने लाग्छ । त्यसो भन्दैमा हामी चुप लागेर बसेको छैनौ । हामीले केन्द्र सरकार बाट घोषणा भएको लग दाउन को पुर्ण कार्यन्वयन्मा जोड दिइरहेका छौ । माथिल्लो तह सङको सहकार्य मा यसको सावधानी र रोकथामका लागि आवश्यक सबै कदम चालिरहेका छौ । सबैभन्दा ठुलो कुरा भनेको नै यसको संक्रमण भित्रिनु नदिनु हो । त्यसका लागि हामीले बाहिरबाट आउने मानिस हरुको प्रबेशमा नै रोक्नु पर्नेछ । त्यो काममा हाम्रो स्थानीय सरकारले वा प्रसासनले मात्रै गरेर शम्भव छैन । सबै नगरबाशीले यशमा सहयोग गर्नु पर्छ । बिदेश बाट हालै आउनु हुने नगरबाशीले आ आफ्नो स्वास्थय परिक्षण गराएर मात्रै घरमा प्रवेश गरि आफू र आफ्नो परिवार अनि शमाजलाई सुरक्षित राख्ने काममा सहयोग गरिदिनु हुन म नगरपालिकाको तर्फबाट आव्हान गर्न चाहन्छु । सबै वार्डमा यो कुराको सर्कुलेसन पनि हामीले गरि सकेका छौ ।
२. यी त पुर्व साबधानिको कुरा भए स्थानीय सरकारले स्वास्थ्य सस्थामा आवश्यक ब्यवस्थापन चाहिँ के गरेको छ ?
हामीले यहाँ दमकको सरकारी अस्पताल र आम्दा अस्पतालमा आइसुलेसन कक्षको ब्यवस्था गरेका छौ । मान सरोबर कलेज र दाहाल प्रतिस्थानमा क्वारेन्टऐन स्थापना गरेका छौ । त्यहाँ आ आफ्नो आवश्यकता अनुसार सर्वसाधारण हरु उच्च निगरानीमा बसेर उपचारको प्रक्रियामा जानू भएको छ । सामान्य अवस्था भएकाहरू घर फर्किनु भएको छ । सङ्कास्पद बिरामीलाई धरान र झापाको मेची र बी एन शि अस्पताल मा पठाउने ब्यवस्था गरिएको छ ।
३. दमकमा निजी अस्पताल हरुले सेवा बन्द गरेको कुरा आएको छ , नगरपालिकाले के गरि राखेको छ ?
यो समस्या दमकमा मात्रै होइन धेरै तिर आएको छ । राज्यले नै यस्का बारेमा केही निर्णय लिएला । दमकमा हामीले दमक अस्पतालमा नियमित ज्वरो नाप्ने र आवस्यकता अनुसार औषधिसमेत सिफारिस गर्ने काम गरिरहनु भएको छ । आम्दामा पनि त्यो सेवा सुचारू छ । केही निजी अस्पतालमा पनि इमर्जेन्सी सेवा चालू छ । त्यस कारण यो अवस्थामा भएको यो सेवा लाई पनि सकारात्मक रूपमा नै लिनु पर्छ भन्ने लाग्छ ।
४. बाहिरी हिंडडुल समेत गर्न नपाएको यो अवस्थामा दैनिक ज्यालादारीमा काम गरेर जिबिकोपार्जन गर्ने नागरिक हरुको विषयमा के योजना बनाइरहनु भएको छ ?
हो यो निक्कै जटिल समस्या छ । हामीले सबै वार्डलाई आ आफ्नो वार्डमा त्यस् किसिमको समस्यामा रहेका नागरिक हरुको लगत विवरण लिने काम गरिरहेका छौ । हामीले नगरस्तरमा कोरोना रोकथाम र प्रभावितहरुका लागि कोष पनि स्थापना गरेका छौ । यशैको माध्यमबाट समस्यामा परेकाहरुलाइ न्युनतम आवश्यक खाध्यन्नको ब्यवस्था गर्ने योजनामा छौ ।