दमक/  प्रदेश १ का चार जिल्लामा होली पर्वको निहुँमा सवारी नियम उल्लंघन गरेर चलाएका ८३७ वटा सवारी साधन ट्राफिक कारवाहीमा परेका छन् ।

झापा, मोरङ, सुनसरी र उदयपुरमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८१ जना मोटरसाइकल चालकमाथि पनि कारवाही गरिएको इटहरीस्थित ट्राफिक प्रहरी प्रदेश कार्यालय प्रदेश १ ले जनाएको छ ।
कारवाहीमा परेका सवारीहरुमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन् । एउटै मोटरसाइकलमा तीन जना सवार रहेका २२४ वटा र चालकले हेलमेट नलाएका ३२१ वटा मोटरसाइकल कारवाहीमा परेका जनाइएको छ ।

त्यस्तै सवारी चालक अनुमति पत्र नभएका ६७, तिब्र गतिमा चलाएका ११२ वटा सवारी साधनमाथि सवारी नियम अनुसार जरिवाना असुल गरिएको छ । मोटरसाइकल पछि जिप ३, बस १, टेम्पो ५, अन्य ५ मापसे गरेर चलाएका कार जिप ३, बस १ र टेम्पो ५ लाई कारवाही गरिएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी प्रमुख भीम दाहालले जनाएका छन् ।

Facebook Comments Box