दमक/सुनसरी बराहक्षेत्र ६ ठाकुरबारीस्थित कोशी किनारको एकै ठाउँमा १९ बर्षिय एक युवक र १५ बर्षिय किशोरी मृत फेला परेका छन् ।

पुर्ण बहादुर लिम्बुका १९ बर्षीय छोरा पारस लिम्बु र बराहक्षेत्र ७ देवीघाटकी १५ बर्षिया मौसम वर्देवा मृत भेटिएका हुन् । १ नम्बर प्रदेश प्रहरीका अनुसार हिजो दिउँसो साढे २ बजे घरबाट हिंडेका लिम्बु कोशी किनारमा पानी जमेको खाल्डोमा फेला परेका हुन ।
त्यस अघि सोही स्थानमै देबिघाटकी १५ बर्षीया बर्देवा मृत अवस्थामा फेला परेकी थिईन । घटनास्थलमा पुगेका पारस लिम्बुको बुबाले सोही स्थानमा आफ्नो छोराको मोबाईल र चप्पल देखेपछी आफ्नो छोराको खोजीका लागी प्रहरीमा खबर गरेका थिए ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले पानीमा तैरिएको अवस्थामा बालिकाको शव निकाल्ने क्रममा सोही पानी जमेको खाल्टो मुनीबाट हराएका भनिएको १९ बर्षीय पारस लिम्बुको शव समेत फेला पारेको थियो । दुबैको शव एकै ठाउँमा फेला परेको पाईएकाले घट्नाका बिषयमा प्रहरीले सुक्ष्म ढंगबाट थप अनुसन्धान शुरु गरेको जनाइएको छ ।

Facebook Comments Box