दमक/नेकपा (माले) का महासचिव सीपी मैनाली आफ्नो परिवारसहित सवारी दुर्घटनामा पर्नुभएको छ ।
महोत्तरीको रातु खोला पुलमा भएको दुर्घटनामा मैनालीसहित उनका छोरा ३० वर्षीय सरोज मैनाली, बुहारी पूजा ढुंगाना मैनाली, ५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन् ।
घाइतेमध्ये मैनाली र बुहारी पूजाको अवस्था गम्भीर छ । मैनालीको टाउकोमा गहिरो चोट लागेको छ भने दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । झापाबाट काठमाडौं जाने क्रममा उहाँ चढेको बा ४ च २१२० नम्बरको कार विपरीत दिशाबाट आएको ना४ख ७६६८ गाडीसँग महोत्तरीको बर्दिवास नगरपालिका ३ मा ठोक्किएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीले मैनालीलाई थप उपचारका लागि काठमाडौं पठाइएको जानकारी दिनु भयो । (थाहाखबरबाट)