दमक/स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत झापा निर्वाचन क्षेत्र नं ४ अन्तर्गतको शिवसताक्षी नगरपालिका वडा नं २ स्थित धरमपुरस्थित डुँडामारी खोलामा पक्की पूल निर्माणका लागि शिलान्यास गरिएको छ ।


क्षेत्र नं ४ का सांसद एलपी साँवाको सो क्षेत्र विकास कोषको ५० लाख रुपैयाँ लागतमा निर्माण हुने पूलको आज सांसद साँवाले शिलान्यास गर्नुभएको होे । सांसद साँवाले सोही कोषबाट निर्माण गरिने राते होली बक्स कल्भर्टको पनि शिलान्यास गर्नुभएको छ । शिवसताक्षी ११ स्थित राते होलीमा १० लाख रुपैयाँको लागतमा निर्माण गरिने बक्स कल्भर्टको शिलान्यास गर्नुभएको हो ।
शिलान्यास कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, २ नम्बर वडाका वडाध्यक्ष कुल बहादुर बस्नेत, ७ का वडाध्यक्ष नविन इजम, ११ कका वडाध्यक्ष भैरव श्रेष्ठ लगायत जनप्रतिनिधि एवम् स्थानीयबासीहरु सहभागि थिए ।

Facebook Comments Box