काठमाडौं/निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार मुद्दामा सफाइ पाएका छन् । सोमबार (आज)काठमाडौं जिल्ला अदालतले महरालाई सफाइ दिएको हो । बलात्कारको आरोप पुष्टि नभएको अदालतले ठहर गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिने फैसला गरेको हो ।
संघीय संसद सचिवालयमा कार्यरत् कर्मचारी रोशनी शाहीले आफूमाथि यौन दुर्व्यवहार गरेको उजुरी दिएपछि महराले बलात्कार प्रयासको मुद्दा खेपिरहेका थिए । विभिन्न सञ्चार माध्यमहरुमा यस अघि पनि महरा र रोशनीबीच विशेष किसिमको सम्बन्ध भएपनि कुनै किसिमको दुव्र्यवहार नभएको चर्चा थियो । महराले संसदबाट एमसीसी पारित हुन नदिने र सभामुखमा अग्नी सापकोटाको इच्छाका कारण उनी षडयन्त्रपूर्वक फसाइएको चर्चा थियो ।