धनकुटा/ धनकुटा छथरजोरपाटी ३ लामोगराकी २९ बर्षीया पवित्रा राईको आफ्नै साथीको कुटाइबाट मृत्यु भएको छ ।
गत शनिवार बेलुका ७ बजे सोही स्थानकी २८ बर्षीया निर्मला श्रेष्ठ र पवित्रा राईको सामान्य बिबाद हुदा निर्मलाले पवित्रालाई एक्कासी दाउराको अगुल्टोले टाउको र मुखमा हिर्काउदा घाईते भएकी पवित्रा राईको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा आज मंगलबार बिहान साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयल धनकुटाले जनाएको छ ।
घटनामा संलग्न श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ ।