कोरोना भाइरसको प्रभाव सुन बजारमा, तोलाको ७६ हजार पुग्यो

Author Nishkarsha News
२०७६ माघ २६, आईतवार १०:५३

दमक/बजारमा सुनको भाउ बढेको बढ्यै छ ।

आज आइतबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ७६ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार पनि तोलामा ४ सय रुपैयाँ नै बढेर सुनको भाउ तोलाको ७५ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

अन्तराष्ट्रिय बजारमा सुनको माग बढेपछि भाउ बढ्ने गरेको छ । अहिले चीनमा फैलिरहेको कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्रमा नै असर गर्ने देखिएकाले भाउ अनिश्चित बनेको महासंघले जनाएको छ । आज चाँदी भने तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्