इटहरी । पूर्वका पत्रकारलाई अपराध तथा सुरक्षाका विषयमा कलम चलाउन तालिम आयोजना गरिएको छ । रिफरेन्स मिडिया नेटवर्कले पत्रकारलाई अपराधका समाचार संकलनका लागि सहज होस् भन्ने उद्देश्यले तालिम आयोजना गरेको हो । सोमबारबाट सुरु तालिम बुधबारसम्म चल्ने छ ।

तालिममा पत्रकार केपी ढुंगाना पूर्वडिआइजी रमेश खरेल, केशवबहादुर शाही, साइबर अपराधका बारेमा एसपी विश्व अधिकारी, ट्राफिक सचेतनाका बारेमा एसपी भीम दाहाल न्यायधीवक्ता गोकुलबहादुर निरौलाले सहजिकरण गरिरहेका छन् ।

Facebook Comments Box