काठमाडौं/आज २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नेपाली सेनाले विशेष महत्वका साथ सम्झना गरेको छ । सो अवसरमा सेनाले सैनिक मुख्यालय जङ्गी अड्डा नजिकै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा ‘पुष्पहार अर्पण’ गरेको छ ।


प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्र निर्माताको योगदानको स्मरण गर्दै उहाँको शालिकमा पुष्पहार अर्पण गरी सम्मान ब्यक्त गर्नुभयो । उक्त अवसरमा नेपाली सेनाको टुकडीले राष्ट्र निर्माताको सम्मानमा सलामी दिएको थियो ।
विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले त्यसबेलाका बाइसे(चौबिसे राज्यहरुलाई समेटेर आधुनिक नेपाल निर्माण गर्नुभएको थियो । उहाँका दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूरदृष्टि व्यक्तिका रूपमा उनको सर्वत्र प्रशंसा हुँदै आएको छ । शाहले आधुनिक नेपालको एकीकरण गरेका इतिहासमा उल्लेख छ ।

Facebook Comments Box