दमक/दमक उद्योग वाणिज्य संघले संघका पूर्व अध्यक्ष बसन्त दाहालको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम गरेको छ । सोमबार संघको कार्यालयमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा स्व. दाहालले दमकको व्यवसाय र संघको संस्थागत विकासमा दिएको योगदानको स्मरण गरिएको थियो ।

संघका अध्यक्ष गोकुल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष राजेन्द्र ढकाल, पूर्व अध्यक्ष प्रकाश प्रसाइँ लगायतको आतिथ्य रहेको संघका प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिनु भयो ।
संघमा २०५० देखि २०५२ साल सम्म अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएका दाहालको गत पुष ११ गते काठमाडौंमा निधन भएको थियो । संघले दिवंगत पूर्व अध्यक्ष दाहालको शोकमा भोली मंगलबार एक दिन संघको कार्यालय बन्द गर्ने समेत निर्णय गरेको अध्यक्ष श्रेष्ठले जनाउनु भयो ।