कैलालीको निसर्ग अस्पतालमा कार्यरत नर्स मृतावस्थामा फेला

Author Nishkarsha News
२०७६ पुष १३, आईतवार १६:५१

कैलाली । धनगढी उपमहानगरपालिका– ५ स्थित निसर्ग अस्पतालमा कार्यरत नर्स मृत अवस्थामा फेला परेकी छन् ।

धनगढी– ५ तारानगर ऐश्वर्या विद्यालय नजिक डेरा गरी बस्ने कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका –१० की २० वर्षीया सोनम ऐर बन्द कोठाभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले आज जानकारी दिए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्