दमक/नेपाल जेसीज बर्ष २०२० को राष्ट्रिय अध्यक्षमा अशोक शंकर विजयी हुनुभएको छ ।

चितवनको रत्ननगरमा भएको नेपाल जेसीजको ४६ औं राष्ट्रिय महाधिवेशनले उहाँलाई अध्यक्षमा निर्वाचित गरेको हो । शुक्रबार मध्यरातमा निर्वाचनको मत परिणाम सार्वजनिक भएको थियो ।
दमक उद्योग वाणिज्य संघका साधारण सदस्य समेत रहनु भएका शंकरलाई राष्ट्रिय अध्यक्षमा जिताउन दमक जेसीजसहित दमक उद्योग वाणिज्य संघले राष्ट्रिय अभियाननै सञ्चालन गरेको थियो ।

सार्वजनिक भएको मत परिणाम अनुसार शंकरले ५ सय ५१ मत प्राप्त गर्नुभएको छ भने उहाँँका निकटतम प्रतिद्धन्द्धी अरुणेश्वर खनालले ५ सय २७ र बिकास मानन्धरले ४ सय ८७ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्षमा बिजय गुरुङ, शोभा खरेल, गोकुल सापकोटा र लालमणी भण्डारी बिजयी भएका जनाइएको छ ।

Facebook Comments Box