कारको ठक्करबाट एक युवकको मृत्यु

Author Nishkarsha News
२०८३ कार्तिक ३०, आईतवार ०६:४१

शिवसताक्षी/  झापाको शिवसताक्षी नगरपालिका–८ बुद्धचोकमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार साँझ सवा पाँच बजे कारको ठक्करबाट मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका–३ निवासी २१ वर्षीय साहित गजमेरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत बुद्धचोकस्थित सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ८०३५ नम्बरको कारले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ९ प ३३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
कारको ठक्करबाट गम्भीर घाइते भएका गजमेरको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा सोही कारमा सवार कार चालककी छोरी बर्ष ४५ की अम्बिका राई र नातिनी बर्ष ११ की हाङ्सामा लिम्बू घाइते भएका छन् । उनीहरुको झिलझिले स्थित मेडिकलमा उपचार भइरहेको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्