ट्रयाक्टर र टिफरमा प्रहरीको नजर

Author Nishkarsha News
२०८३ कार्तिक २२, शनिबार २०:०२

दमक/ तिहारको समयमा नदीजन्य पदार्थको ओसारपसारमाथि प्रहरीले निगरानी बढाएको छ । झापाको दमकमा प्रहरीले ट्याक्टर तथा टिपरसहित सातवटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।
नदीजन्य सामग्री बोकेर हिँडिरहेका ती सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखेको हो ।

नियन्त्रणमा लिइएका सवारीसाधनका चालकसँग नदीजन्य सामग्री ओसारपसार गर्न आवश्यक बिलबिजक तथा अन्य कागजात माग गरी जाँच प्रक्रिया अघि बढाइएको छ ।
सवारीसाधनमा लोड गरिएको नदीजन्य सामग्री वैध रूपमा उत्खनन तथा ओसारपसार गरिएको हो वा होइन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
नदीजन्य पदार्थको अवैध उत्खनन, दोहन तथा ओसारपसार नियन्त्रण गर्नुपर्ने आवाज उठिरहेका बेला प्रहरीले गरेको यस कारबाहीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्