गौरादह / नेपाली कांग्रेसको क्षेत्रीय प्रदेश समिति क्षेत्र नं. ५ (क) तथा गौरादह नगर समितिको संयुक्त आयोजनामा पद हस्तान्तरण, प्रमाणपत्र वितरण तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
गौरादह नगरपालिका–२ स्थित चिल्ड्रेन पार्कमा आज कात्तिक २१ गते हिन्दु हरुको महान पर्व शुभदिपावलीको अबसर पारेर आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मेदनी सिटौला प्रमुख अतिथिका रूपमा सहभागी भएकाथिए।
कार्यक्रमको सभापतित्व नेपाली कांग्रेस प्रदेश समिति क्षेत्र नं. ५ (ख) का सभापति भुपालराज कटुवालले गरेका थिए।
कार्यक्रममा पार्टीका महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि, जिल्ला सदस्य, नगर तथा वडा तहका निर्वाचित पदाधिकारी, नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा गौरादह नगर सभापति प्रकाश कार्कीले स्वागत मन्तव्य राखेका थिए। शुभकामना आदान–प्रदानका क्रममा निवर्तमान नगर सभापति यादव राज सेढाईं, महाधिवेशन प्रतिनिधि स्वर्णिम अधिकारी, जीवनकुमार राईलगायतले सम्बोधन गरेका थिए।
सम्बोधनका क्रममा वक्ताहरूले पार्टीभित्र आपसी एकता, सहकार्य र संगठनात्मक सुदृढीकरणको आवश्यकतामाथि जोड दिँदै आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउन सबै तहका नेता तथा कार्यकर्ताबीच समन्वय र सहकार्य हुनुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारीलाई जिम्मेवारी हस्तान्तरण गर्नुका साथै निर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
पार्टीको सांगठनिक निरन्तरता कायम राख्दै नयाँ नेतृत्वलाई जिम्मेवारी प्रदान गर्ने तथा नेता–कार्यकर्ताबीच आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
गौरादहमा कांग्रेसको पद हस्तान्तरण तथा प्रमाणपत्र वितरण सम्पन्न
Nishkarsha News
२०८३ कार्तिक २२, शनिबार १८:४३