दमक/ साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको स्रष्टाहरुको एक समूहले साहित्यिक अभियान “कविको आँगन“ स्रष्टा मेघनाथ बन्धुको निवास दमक – १ मा सम्पन्न गरेको छ । सो कार्यक्रममा स्वागत मन्तव्य तारा खनाल अर्याल र रचना वाचनको प्रारम्भ साहित्यकार मेघबन्धु खनालकी पाँच वर्षीया नातिनी निमग्न अर्यालले रचनावाचन गरी प्रारम्भ गरेका थिए ।
यसरी नै अन्य स्रष्टाहरूले कविता ,मुक्तक,गजल लगायतका रचनाहरू वाचन गरेका थिए।रचना वाचन गर्ने स्रष्टाहरूमा केशव आचार्य,आचार्य प्रभा,पदमप्रसाद ओली,यादवप्रसाद अधिकारी,जानुका गुरागाई,हेमनाथ अधिकारी,ओमप्रसाद खनाल , यज्ञ परिश्रमी,भगवती दवाडी,भगवती ढुङ्गेल , देवी पन्थी , इन्दिरा खनाल दहाल,मेघबन्धु खनाल,त्रिलोचन रेग्मी,बिन्दु दहाल मूकदर्शक,कमलराज भट्टराई,शकुन्तला सुब्बा, टेकनाथ घिमिरे ,लक्ष्मीअच्युत ढुङ्गाना ,विवेक दुलाल क्षेत्री,कृष्णप्रसाद मिश्र,दुर्गाप्रसाद सिग्देल,तुलसीप्रसाद भट्टराईले रचना वाचन गरेका थिए । प्रस्तुत भएका रचनाहरूको समीक्षात्मक टिप्पणी कवि तथा साहित्यकार कृष्णप्रसाद मिश्रले गरेका थिए ।
कार्यक्रमको अध्यक्षता कवि मेघनाथ बन्धुले गरेका थिए भने कार्यक्रमको सञ्चालन कवि बिन्दु दहाल मूकदर्शक गरेका थिए । कविको आँगनकी परिकल्पनाकार साहित्यकार भगवती ढुङ्गेलले कविको आँगनको बारेमा सबैलाई जानकारी गरााइन भने वरिष्ठ साहित्यकार देवी पन्थीले कार्यक्रमको निरन्तरता र सफलताको शुभकामना व्यक्त गरेका थिए ।
आगामी कार्यक्रम कविको आँगनका सदस्य तुलसीप्रसाद भट्टराईको निवास बिर्तामोडमा हुनेछ । शनिबार भएको सो कार्यक्रमका अध्यक्षले साहित्यकार तुलसीप्रसादलाई रजिस्टर हस्तान्तरण गरी कार्यक्रम समापन गरिएको थियो ।