शुभमंगल सहकारीको साधारण सभामा १७ जनालाई सम्मान र पुरस्कार

Author Nishkarsha News
२०८३ कार्तिक १५, शनिबार २०:४६

दमक/ दमक ९ स्थित शुभमंगल बचत तथा ऋण सहकारी संस्था दमक ९ को १७ औँ बार्षिक साधाणसभामा ज्येष्ठ नागरिक, विभिन्न विधाका उत्कृष्ट शेयर सदस्यहरुसगै उत्कृष्ट कर्मचारीका रुपमा व्यवस्थापक दिलीप कुमार घिमिरेलाई सम्मान गरिएको छ ।
शनिबार दमक बहुमुखी क्याम्पसका सञ्चालक समिति पूर्व अध्यक्ष देवी प्रसाद दाहालको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष उमाकान्त आचार्यको सभापतित्वमा भएको साधारण सभामा व्यवस्थापक घिमिरेसहित ज्येष्ठ शेयर सदस्यहरु ७ जनालाई सम्मान गरिएको हो भने उत्कृष्ट कारोबारी सदस्यहरुलाई पुरस्कृत गरिएको हो ।


ज्येष्ठ शेयर सदस्यहरु तर्फ हर्कबहादुर कुँवर क्षेत्री, जिवनाथ दाहाल, यामबहादुर अधिकारी, खड्गमाया कुँवर, टेकनाथ दाहाल, नरप्रसाद सिटौला र नरबहादुर घिमिरेलाई सम्मान गरिएको हो ।
उत्कृष्ट नियमित बचत तर्फ थोमस टोप्पो, आवधिक बचत तर्फ नरमाया ओझा, क्रमिक बचत तर्फ लक्ष्मी शाह, बाल बचत तर्फ रनक धिमाल, संस्थागत बचत तथा निम्स नेशनल हस्पिटल र पशुपति टोल बिकास संस्था, मासिक अनिवार्य बचत तर्फ अमृत दर्र्जी, महिला बचत तर्फ छहारी महिला बचत समुह र उत्कृष्ट कारोबारी तर्फ बेदनिधि भट्टराई पुरस्कृत भएका छन् ।


सो अवसरमा सभाको बन्द सत्रबाट अध्यक्ष आचार्यद्धारा प्रस्तुत संस्थाको बार्षिक प्रतिवेदन र लेखा समितिका तर्फबाट प्रस्तुत प्रतिवेदन सुझावसहित पारित भएको भएको जानकारी दिइएको छ ।
कार्यक्रममा प्रमुख अतिथी दाहाल, संस्थाका सल्लाहकार संयोजक सिताराम निरौला, समता कृषि सहकारी संस्थाका अध्यक्ष पर्शुराम रिजालसहितले शुभकामना मन्तव्य राखेका थिए ।
सभामा संस्थाका उपाध्यक्ष सार्के धिमालले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सचिव इन्द्रकुमार श्रेष्ठले गरेका थिए ।

वित्तीय प्रगति सन्तोषजनक
कुल १ हजार ६ सय ६३ शेयर सदस्य रहेको यो संस्थाले गत आर्थिक बर्ष २०८२/०८३ मा ११ लाख ४ हजार ५ सय ७० रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । संस्थाले अघिल्लो बर्ष ७ करोडको बार्षिक वासलत (कारोबार विवरण) प्रस्तुत गरेकोमा यस बर्ष ८ करोड ३६ लाख हाराहारीको वासलात प्रस्तुत गरेको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्