दमक/ दमकस्थित दमक जेसीजले हरेक बर्ष दशैं तिहारको अवसर पारेर गर्दैै आएको सप्तमी साँझलाई यस बर्ष पनि निरन्तरता दिएको छ ।
दमक जेसीजका महासचिव रुवल अधिकारीका अनुसार दमकबासीबीचको एकता र सदभाव झल्काउने विशेष दिनका रुपमा सदा बर्षझैं यो बर्ष पनि सप्तमी साँझ विशेष कार्यक्रम मार्फत शुभकामना आदनप्रदान गरिएको हो ।
सो अवसरमा शुभकामना आदानप्रदानसहित गीत–संगीतका माध्यमबाट मनोरञ्जन प्रदान गरिएको थियो ।
दमक जेसीजका अध्यक्ष राजेन्द्र बिमलीको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँसहित दमकस्थित विभिन्न राजनीतिक दल, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु , सरकारी तथा अर्धसरकारी निकायका प्रतिनिधिहरु , दमक जेसीजका पूर्व अध्यक्षहरु, बोर्डका मेम्बरहरु तथा दमक जेसीजका सदस्यहरु सहभागी भएका थिए ।
दमक जेसीजको सप्तमी साँझलाई निरन्तरता
Nishkarsha News
२०८३ कार्तिक २, आईतवार १०:१५