गौरादह / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न गौरादह नगर अधिवेशनबाट नगर सभापतिमा प्रकाश कार्की निर्वाचित भएका छन्। नगर सभापति पदका लागि भएको निर्वाचनमा कार्कीले १७४ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी इन्जिनियर भानु आचार्यले ९० मत प्राप्त गरे। कुल २७२ मत खसेको निर्वाचनमा ८ मत बदर भएको थियो। कार्कीले आचार्यलाई ८४ मतको अन्तरले पछि पार्दै नगर सभापतिको जिम्मेवारी प्राप्त गरेका हुन्।
मत परिणाम : प्रकाश कार्की — १७४ मत
- भानु आचार्य — ९० मत
- बदर — ८ मत
- कुल खसेको मत — २७२
निर्वाचनअघि गौरादह नगर सभापति पदमा कार्की र आचार्यबीच प्रतिस्पर्धा हुने निश्चित भएको थियो। उम्मेदवारीका क्रममा आचार्यले पार्टी संगठनलाई थप गतिशील बनाउने, युवाको सहभागिता बढाउने तथा नयाँ सोचका साथ संगठनलाई अघि बढाउने विषयलाई प्राथमिकतामा राखेका थिए।