दमक/ नेपाली कांग्रेसले झापा क्षेत्र नं ५ अन्तर्गत दमकका १० मध्ये ९ वडामा वडा समिति चयन गरेको छ ।
आइतबार साँझ सम्ममा दमक १ को सभापतिमा पुण्य काफ्ले, २ को सभापतिमा डुपेन्द्र रिजाल, ३ मा डिल्ली चापागाइँ, ४ मा दिपेश दाहाल, ५ मा सन्तोष गौतम, वडा नं ६ मा देवीप्रसाद गुरागाइँ, ७ मा अतित वान्तवा राई, ८ मा विनोद रेग्मी र १० मा घनश्याम खनाल वडा सभापति निर्वाचित भएका खबर प्राप्त भएका छन् ।
वडा नं ९ मा सर्वसम्मत हुन नसकेपछि मतदानका लागि भोली (सोमबार)को मिति तय गरिएको छ । वडा नं ५ मा गौतम निर्वाचनबाट चुनिएका हुन् भने अन्य ८ वटा वडामा सर्वसम्मत सभापति चुनिएका जनाइएको छ ।
१५ औं महाधिवेशन अन्तर्गत वडा सभापतिसहित वडा समिति र क्षेत्रीय प्रतिनिधिहरुको निर्वाचन भइरहेको हो । वडा नं २ मा क्षेत्रीय प्रतिनिधिका लागि मात्रै निर्वाचन भइरहेको छ भने वडा नं ५ मा पनि खुल्ला तर्फका क्षेत्रीय प्रतिनिधिहरु चुन्नका लागि मतदान गरिएको छ ।
दमकका १० मध्ये ९ वडामा चुनिए कांग्रेसका वडा समिति र क्षेत्रीय प्रतिनिधि
Nishkarsha News
२०८३ आश्विन ४, आईतवार १९:११