दमक/ पछिल्लो समय सामाजिक सेवाका क्षेत्रमा सक्रिय भुमिका निर्वाह गर्दै आएको रोटरी क्लब अफ दमकले ‘हनुमान अंश’ फिल्मको च्यारिटी शो गर्दै झण्डै दुई लाख रुपैयाँ सहयोग जुटाएको छ ।
रोटरी क्लब अफ दमकको आयोजनामा र ध्रुवतारा स्पोर्टिङ क्लब दमकको सहयोगमा अटिजम भएका बिद्यार्थीहरुको सहयोगार्थ आयोजना गरिएको च्यारिटी शोमा २४० जना दर्शकको सहभागितामा रहेको थियो ।
सरस्वती माध्यमिक विद्यालय दमक ९ मा अध्ययनरत अटिजम भएका तथा अपाङ्गता भएका विद्यार्थीहरूको सहयोगका लागि गरिएको च्यारिटी शो मा दमकका राजनीतिक तथा सामाजिक व्यक्तित्वहरु उल्लेखीय संख्यामा सहभागी भए ।
कार्यक्रममा दमक नगरपालिकाका नगर प्रमुख राम थापा,सरस्वती माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गगन पुरी बिद्यालयका प्रधानाध्यापक सीताराम ढकाल ,धुर्वतारा स्पोटिङ क्लबका सस्थापक अध्यक्ष भिमराज चौलागाई ,मारवाडी सेवा समिति लगायतका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । कार्यक्रममा मारवाडी सेवा समिति र मारवाडी महिला मञ्चले हनुमानजीको उपहार स्वरुप उपस्थित सम्पुर्णलाई प्रसाद वितरण गरेको रोटरी क्लब अफ दमकका अध्यक्ष सागर श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा रोटरी क्लबका पूर्व अध्यक्षहरू, इन्टर्याक्टर, रोट्र्याक्टर, चिकित्सक, शिक्षक तथा बालबालिकाको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
च्यारिटी शोले फिल्म हेर्ने अवसरलाई सामाजिक सेवासँग जोड्दै विशेष आवश्यकता भएका बालबालिकाको शिक्षामा समुदायको साथ र सहयोग आवश्यक रहेको सन्देश दिएको छ।
कार्यक्रममा सहभागी दर्शकहरूले मनोरञ्जनसँगै सामाजिक उद्देश्यका लागि योगदान गर्न पाउँदा खुसी व्यक्त गरेका थिए।च्यारिटी शो सामाजिक कार्यका लागि गरिएकाले दि म्याक्स सिनेमा हलले न्युनतम मुल्यमा हल उपलब्ध गराउनुका साथै उपस्थित दर्शकहरुका लाई सहुलियतमा पेय पदार्थ र अन्य सामाग्रीहरु उपलब्ध गराएको कार्यक्रम संयोजक रोटरी क्लब अफ दमकका निवर्तमान अध्यक्ष केशन अग्रवालले बताए ।
दमकमा रोटरी र ध्रुवताराले साथ दिएपछि अटिजम भएका विद्यार्थीलाई जुटयो यति धेरै सहयोग
Nishkarsha News
२०८३ भाद्र २८, आईतवार २२:०७