सहकारी मेनेजर्स क्लब झापाको अधिवेशन, नेतृत्वमा बगालेपछि कार्की आए

Author Nishkarsha News
२०८३ भाद्र २१, आईतवार २२:५०

दमक/  झापाको सहकारी संस्थाहरुमा कार्यरत व्यवस्थापकहरुको साझा संस्था मेनेजर्स क्लब झापाको दोश्रो अधिवेशन आइतबार विर्तामोडमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष खोमप्रसाद बगालेको अध्यक्षतामा भएको अधिवेशनले तीलकबहादुर कार्कीको अध्यक्षतामा क्लबको नयाँ कार्यसमिति चयन गरेको छ ।
क्लबको उपाध्यक्षमा मानस सिटौला, महासचिवमा पर्वतराज चिमरिया र कोषाध्यक्षमा गंगा सापकोटा चुनिएका छन् ।
सदस्यमा लीलाकुमारी भुजेल, राजकुमार बराल, सरोज मेहरा, किशोर गुरागाईं, विवेक राई र भूमिनाथ बराल चयन भएका छन्।् । दुई वर्षे कार्यकाल रहने समितिमा थप तीन सदस्य मनोनित गरिने क्लबले जनाएको छ ।
सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका समस्या र त्यसले समुदायमा बढाएको नकारात्मकतालाई चिर्न सहकारीका व्यवस्थापकहरुबीचको समन्वय र सहकार्यलाई प्राथमिकतामा राखेर केही बर्ष अघि झापामा मेनेजर्स क्लब स्थापना भएको थियो ।
क्लबले सहकारी संस्थाका व्यवस्थापकबीच अनुभव आदानप्रदान, क्षमता विकास र संस्थागत सुशासनका विषयमा साझा अभ्यास विकास गर्ने लक्ष्यसमेत लिएको जनाएको छ ।
अधिवेशनसँगै क्लबको चौथो वार्षिक साधारणसभा तथा अभिमुखीकरण कार्यक्रम पनि आयोजना गरिएको थियो । अभिमुखीकरणमा सहकारी व्यवस्थापनका समसामयिक विषयमा छलफल गरिएको थियो।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा क्लबका सल्लाहकार लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अध्यक्ष बगालेले क्लबको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै क्लबको उद्देश्य, झापाको सहकारी अभियानको अवस्था, हालसम्म भएका गतिविधि तथा आगामी वर्षका प्रस्तावित योजनाहरु उल्लेख गरे ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्