दमकमा यसरी मनाइँदैछ श्रीकृष्ण जन्माष्टमी

Author Nishkarsha News
२०८३ भाद्र १९, शुक्रबार ११:४६

दमक/  श्रीकृष्ण जन्माष्टमीको पर्व विशेष महत्वसाथ मनाइँदैछ । हरेक बर्ष भाद्र महिनाको कृष्णपक्षको अष्टमी तिथीको दिन भगवान श्रीकृष्णको जन्म भएको थियो भन्ने शास्त्रीय मान्यता र विश्वास अनुसार आजको दिन श्रीकृष्ण जन्माष्टमीका रुपमा मनाउने गरिन्छ ।
समस्त हन्दु धर्मावलम्बीहरु विशेष गरी भगवना श्रीकृष्णका अनुयायीहरु आजको दिन निराहार (ब्रत बस्ने) , रातभर श्रीकृष्णको महिमा गाउने, सुनाउने गर्छन । यसै अवसरमा दमकको राधा कृष्ण मन्दिर परिसरमा ठुलो संख्यामा श्रीकृष्णका भक्तहरु आज बिहानैदेखि भेला भएर बिहान ११ बजेबाट भजन कीर्तन गाउने, प्रवचन आदि सुनिरहेका छन् । दमकको राधाकृष्ण मन्दिरमा आज शुक्रबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा  भजन कीर्तन शुरु भएको  हो।

मध्यरातमा श्रीकृष्णको प्राकट्य गराई उल्लासपूर्वक श्रीकृष्ण जन्मोत्सव मनाउने छन् । भोलीपल्ट (यस बर्ष शनिबार) दमकसहित पूर्वक विभिन्न शहरहरुमा सदा बर्षझैं यो बर्ष पनि श्रीकृष्ण रथयात्रा निकाल्ने तयारी छ ।

        क्याप्सन-  दमक १ मा भजन कीर्तन मण्डली सदस्यहरु अग्रभागमा ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्