दमक जेसीजको जेसीज सप्ताह २०२६ शुरु

Author Nishkarsha News
२०८३ भाद्र १८, बिहीबार १०:५३

दमक / जेसीजको आयोजनामा जेसीज सप्ताह २०२६ शुरु भएको छ । सप्ताह अन्तर्गतको पहिलो कार्यक्रम सार्वजनिक वक्तृत्वकला सम्पन्न भएको छ ।
उर्लाबारी–७ स्थित दि इस्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट को सभा हलमा बुधबार आयोजित कार्यक्रम उर्लाबारी जेसीजका संस्थापक अध्यक्ष तथा जेसीआई सिनेटर विष्णु भक्त ओली (बिशम)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
दमक जेसीज वर्ष २०२६ का अध्यक्ष राजेन्द्र विमलीको अध्यक्षतामा भएको कार्यक्रममा दमक जेसीजका निवर्तमान अध्यक्ष सहदेव भट्टराई, पूर्व अध्यक्ष तथा जेसीआई सिनेटर नेत्रप्रसाद चम्लागाईं, सिनेटर बद्री बराल, सिनेटर मैना दाहाल, उर्लाबारी जेसीजका कार्यकारिणी उपाध्यक्ष दीपक न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
सोही अवसरमा जेसीआई सिनेटर नेत्रप्रसाद चम्लागाईंले कलेजका विद्यार्थीहरूलाई सार्वजनिक वक्तृत्वकला तथा भाषण कलासम्बन्धी प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणका क्रममा प्रभावकारी रूपमा आफ्ना विचार प्रस्तुत गर्ने, आत्मविश्वासका साथ बोल्ने तथा सार्वजनिक कार्यक्रममा वक्तृत्वकलाको प्रयोग गर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रम जेसीज सप्ताहका मूल संयोजक तथा कार्यकारिणी उपाध्यक्ष साजन श्रेष्ठ र कार्यक्रम संयोजक तथा तालिम निर्देशक पंकज पोख्रेलको संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा उपाध्यक्ष कुमार गजुरेलले जेसीज आस्था पाठ गरेका थिए ।
जेसीज सप्ताह २०२६ अन्तर्गतको पहिलो कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै आगामी कार्यक्रमहरूलाई पनि प्रभावकारी रूपमा सञ्चालन गर्ने आयोजक दमक जेसीजका महासचिव रुवल अधिकारीले जानकारी दिए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्