सिंहदेवी आबि कमल ७ मा शिक्षक अभिभावक संघ गठन

Author Nishkarsha News
२०८३ भाद्र १२, शुक्रबार १०:२०

दमक/ उत्कृष्ट शिक्षण संस्थाका रुपमा दर्ज भएको झापाको कमल गाउँपालिका–७ स्थित सिंहदेवी आधारभूत विद्यालयमा चन्द्रप्रसाद सुब्बाको अध्यक्षतामा नयाँ शिक्षक–अभिभावक संघ गठन गरिएको छ ।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको अनुशासन तथा सर्वाङ्गीण विकास र विद्यालय तथा अभिभावकबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले शिक्षक–अभिभावक संघ गठन गरिएको विद्यालयले जनाएको छ ।
गठित संघको अध्यक्षमा कमल–७ का चन्द्रप्रसाद सुब्बा चयन भएका छन् त्यस्तै सदस्य सचिवमा हरिकृष्ण दास चयन भएका छन् । संघका सदस्यहरूमा गौरादह–१ का मेघराज खतिवडा, कमल–७ की मिना बेश्रा, कमल–४ की रिता भट्टराई, कमल–६ की प्रेमिका बार्हाकोटी, गौरादह–१ की डेनमाया श्रेष्ठ, कमल–७ का चन्द्रप्रसाद भण्डारी र सन्तोष वान्तवा राई चयन भएका छन् ।

त्यसैगरी बिद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकुमार गुरुङ (रबिन) र विद्यालयका प्रधानाध्यापक प्रसास दाहाल पदेन सदस्य रहेका छन् । नवनिर्वाचित शिक्षक–अभिभावक संघले विद्यालयको शैक्षिक वातावरण सुधार, विद्यार्थीको अनुशासन तथा क्षमता विकाससँगै विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष गुरुङले बताए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्