दमक/ १० भाद्रमा भोटेकोशी नदीमा आएको बाढीको समयमा प्रभावित क्षेत्रमा रहेका जलबिद्युतहरुमा कार्यरत ६ जना झापालीहरु सम्पर्कमा आउन सकेका छैनन् ।
कोशी प्रदेशका १३२ जना नागरिक हराईरहेकोमा विभिन्न जिल्लाका ८ जना परिवार तथा उनीहरुका आफन्तको सम्पर्कमा आएको भए पनि बेपत्ता भएकाहरु मध्ये कोही पनि झापाली आज राती अबेर सम्म परिवार तथा सुरक्षा निकायसँगको सम्पर्कमा नरहेका हुन् । प्रहरीका अनुसार झापाको दमक १० सेतुमारीका देवलाल मुर्मु सतार, गौरीगञ्ज ३ का चुडका चुडु सतार र केवलराम आचार्य, कन्काई नगरपालिका ३ का घनश्याम भट्टराई, शिवसताक्षी २ का भक्तबहादुर राई र मेचीनगर ६ काँकरभिट्टाका दिपक खरेल वेपत्ता रहेका छन् । उनीहरुको खोजीका लागि परिवारले आग्रह गरिरहेका छन् । उपलब्ध विवरण अनुसार हराइरहेका सबै झापालीहरु रोजगारीको सिलसिलामा त्यहाँस्थित जलबिद्युत कम्पनी (हाइड्रोपावर)हरुमा विभिन्न पदहरुमा कार्यरत थिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार उनीहरु अहिले सम्म सम्पर्कमा आउन सकेका छैनन् ।
इलामका ९ मध्ये एक जना सम्पर्कमा आएका छन् भने सुनसरीका १७ जना मध्ये २ जना , उदयपुरका १३ मध्ये ३ जना, ओखलढुंगाका १२ मध्ये एक जना मात्रै परिवारको सम्पर्कमा आएका छन् ।
झापाका ६ जना सम्पर्कमा आउन सकेनन् (हेर्नुहोस नाम ठेगानासहित)
Nishkarsha News
२०८३ भाद्र ११, बिहीबार २२:३३