गौरादह/ झापाको गौरादह १ डिपु चोकमा स्मार्ट क्याफे सञ्चालनमा आएको छ । अघिल्लो बर्षदेखि कम्प्युटर र वारिस्ता तालिम सञ्चालन गर्दै युवा पुस्तालाई व्यवसायिक सीप सिकाएर आत्मनिर्भरताको बाटोमा डोहोरयाइरहेको स्मार्ट वारिस्ता तथा कम्प्यटर तालिम केन्द्रले कफीका पारखीहरुको मागलाई ध्यानमा राखेर क्याफे सञ्चालनमा ल्याएको हो ।
स्मार्ट एकाडेमीका सञ्चालक पेशल बरालले कफी विश्व बजारमा अधिक खपत हुने र यसका कैयौं प्रकारहरु रहेको उल्लेख गर्दै स्वदेशी तथा विदेशी बजारमा माग रहेका झण्डै २५ प्रकारका भिन्न स्वादका कफी उपलब्ध गराइने बताए । गौरादह बजारमा बढ्दो जनघनत्व र यहाँ खड्किएको आवश्यकतालाई परिपूर्ति गर्न स्मार्ट क्याफेले योगदान दिनेछ ।
गौरादहमा यस किसिमको व्यवस्थित र सुविधा सम्पन्न क्याफे सञ्चालनमा आउनु सुखद बिषय भएको उल्लेख गर्दै गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर खत्रीले शुभकामना दिएका छन् ।
सो क्याफेमार्फत स्थानीयस्तरमा युवाहरु रोजगारीमा जोडिने अवसर पाएका छन् भने स्वदेश तथा विदेशका ठुला बजारहरुका लागि पनि दक्ष र सीपयुक्त जनशक्ति उत्पादनमा यसले महत्वपूर्ण टेवा दिँदै आएको गौरादहबासीहरुको भनाई छ । स्मार्ट क्याफेले केही हप्ता भित्रै गौरीगञ्ज चोकमा समेत आफ्नो शाखा विस्तार गर्ने तयारी गरिरहेको सञ्चालक बरालले जानकारी दिए ।