लागूऔषधसहित छ जना पक्राउ

Author Nishkarsha News
२०८३ श्रावण २५, सोमबार १०:२६

झापा/ मोरङ, झापा र सुनसरीबाट लागूऔषध सहित छ जना पक्राउ परेका छन् ।
मोरङको, सुनवर्षी नगरपालिका–८ मा प्रहरी चौकी सिक्टीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङ, उर्लाबारी नगरपालिका–२ का ३२ वर्षीय प्रेम बहादुर नेपाली र २५ वर्षीय सुजन धिमाललाई २ ग्राम २७० मिलिग्राम ब्राउन सुगर सहित, प्रहरी चौकी रमाइलो मोरङले मोरङको लेटाङ नगरपालिका–३ का ३८ वर्षीय टंक प्रसाद राईलाई ३ ग्राम २५० मिलिग्राम ब्राउन सुगर र प्र.१–०२–०४३ प ९९१६ नम्बरको स्कुटर सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी झापाको भद्रपुर नगरपालिका–५ बाट वडा प्रहरी कार्यालय भद्रपुर र सीमा सुरक्षा गुल्म भद्रपुर झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले विराटनगर महानगरपालिका–६ घर भई हाल बिर्तामोड नगरपालिका–३ बिर्ताबजारमा बस्दै आएका ३० वर्षीय संजिव सहनीको साथबाट ४ ग्राम ९३ मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको छ ।
त्यसैगरी इटहरी उपमहानगरपालिका–२ पशुपती चोकस्थितमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशीक अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङ मिर्गौलिया–९ का ३२ वर्षीय सुमन कार्की र सुनसरीको इटहरी उप–महानगरपालिका–२ का २१ वर्षीय संजिप पौडेललाई चेकजाँच गर्दा ७१० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरिएको छ । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्