झापा/ सहकारी तथा वित्तीय क्षेत्रमा स्थापित व्यक्तित्व झापा दमकका चुडामणी ओझाले आवासीय होटल तथा लजको व्यवसाय सञ्चालनमा ल्याएका छन् ।
ओझाले दमक ५ स्थित आफ्नै स्वामित्वको घरमा आइतबारदेखि श्री होटल एण्ड लजको शुरुवात गरेका हुन् ।
ओझाले व्यवसायीक एरियामा भएको आफ्नो घरको संरचना यस अघि भाडामा लगाएको थिए । ढल्किँदो उमेरसँगै घरमै सेवामुलक व्यवसायका रुपमा होटल तथा लजको व्यवसाय थालेको ओझाले बताए ।
उनका अनुसार व्यवस्थित र पारिवारिक वातावरणमा सञ्चालनमा ल्याइएको श्री होटलमा बस्नका लागि घरका माथिल्ला तलाहरुमा सुविधायुक्त कोठाहरुको व्यवस्थापन गरिएको छ । भिआइपी डिलक्स र साधारण कोठाहरु अलग अलग दरमा उपलब्ध रहेको साथै एकैसाथ ५० जना सम्म मानिसहरुलाई खाना र आवासको व्यवस्थापन गर्न सक्ने क्षमता रहेको ओझाले बताए । नेपाली खानाका अतिरिक्त अर्डर अनुसार विभिन्न परिकार भेज तथा ननभेज खाजा खानाको सुविधा दिइने श्री होटल तथा लजको व्यवस्थापन पक्षले जनाएको छ ।