अटो र ट्याक्टर ठोक्किँदा महिलाको ज्यान गयो

Author Nishkarsha News
२०८३ श्रावण २४, आईतवार १७:५२

झापा/ बिर्तामोड नगरपालिका –०२ बाह्रकोटीगाउँ स्थित अटो र ट्याक्टर एक–आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

बिर्तामोड नगरपालिका –०२ बाह्रकोटी गाउँस्थित भित्री सडक–खण्डमा मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएर भएको दुर्घटनामा झापा गाउँपालिका –०४ भामटोलीकी ३५ वर्षीया सुखि बिवीको मृत्यु भएको हो । दुर्घटनामा उनीसहित पाँच जना घाइते भएका थिए ।

घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोमा सुखि बिवीको उपचारको क्रममा आइतबार दिउँसो १ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्